• गृहपृष्ठ
  • साविक विजेता फ्रान्स ट्युनिसियासँग पराजित

साविक विजेता फ्रान्स ट्युनिसियासँग पराजित

Dec 1st, 2022

काठमाडौं,मंसिर १५

साविक विजेता फ्रान्सले ट्युनिसियासँग हार व्यहोरेको छ ।बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गरेको हो ।

ट्युनिसियालाई जित दिलाउन वाहबी खाज्रीले गरेको गोलनै निर्णायक बन्न पुग्यो ।खाज्रीले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।तर, असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड दिईएको थियो ।

ट्युनिसियासँग पराजित भएपनि फ्रान्स अघिल्लो दुई खेलमा जित निकाल्दै समूह (डी)को समूह विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको थियो।फ्रान्सले ३ खेलबाट ६ अंक जोड्यो ।फ्रान्सलाई हराए पनि ट्युनिसियाले अन्तिम १६ मा स्थान बनाउन सकेन। यहि समुहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १-० गोलले पराजित गर्दै समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ।अस्ट्रेलियाले पनि ३ खेलबाट ६ अंक जोड्यो।