• गृहपृष्ठ
  • समानुपातिक तर्फको १ करोड मतगणना , नेकपा एमालेको अग्रता कायमै

समानुपातिक तर्फको १ करोड मतगणना , नेकपा एमालेको अग्रता कायमै

Nov 30th, 2022

काठमाडौं १४ मंसिर

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा समानुुपातिक तर्फको १ करोड १२ हजार ४७ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ । पहिलो स्थानमा रहेको एमालेको मत कांग्रेसभन्दा एक लाख ४२ हजार २०५ धेरै छ ।

दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा ९माओवादी केन्द्र०को ११ लाख ४१ हजार २७३ मत छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७८९ मत ल्याएको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको मतान्तर ४३ हजार ४८४ छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३०४ मत पाएको छ । जनता समाजवादी पार्टीले तीन लाख ९३ हजार ५९९ र जनमत पार्टीले तीन लाख ५४ हजार ३८५ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको नेकपा ९एकीकृत समाजवादी०ले दुई लाख ८२ हजार १८९ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीको दुई लाख ४४ हजार ३४३ र लोकतान्त्रिक समाजवादी पार्टीको एक लाख ४८ हजार ५०७ मत छ ।