तोलामा २०० ले बढ्यो सुनको मूल्य

Nov 30th, 2022

काठमाडौं, १४ मङ्गसिर

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९७ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९७ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९७ हजार १०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९६ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ ।