• गृहपृष्ठ
  • वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

Nov 30th, 2022

काठमाडौं,मंसिर १४

वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन मार्कस रासफोर्डले दुई गोल र फिल फोडेन एक गोल गरे।

दोस्रो हाफको ५० औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै,५१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० ले अघि बढाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा मार्कस रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।

जितसंगै इंग्ल्यान्ड समूह (बी)को विजेता बन्दै तीन खेलबाट सात अंक जोडेको छ अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित वेल्सले तीन खेलमा १ अंक जोडदै विश्वकपबाट बाहिरियो ।