• गृहपृष्ठ
  • उरुग्वेलाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश

उरुग्वेलाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश

Nov 29th, 2022

काठमाडौं,मंसिर १२

पोर्चुगल उरुग्वेलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे।फर्नान्डेसले खेलको ५४ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेसले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

जितसंगै पोर्चुगलले दुई खेलबाट ६ अंक जोडेको छ अन्तिम १६ मा प्रवेश गरेको छ ।पोर्चुगल समूह (एच)को शीर्ष स्थानमा छ । पोर्चुगलले यसअघि पहिलो खेलमा घानालाई हराएको थियो।पराजित उरुग्वेको दुई खेलमा १ अंक छ र पुछारमा छ ।