ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश

Nov 29th, 2022

काठमाडौं,मंसिर १२

ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

ब्राजिललाई जित दिलाउन कासेमिरोले ८३ औं मिनेटमा निर्णायक गोल गरे।कासेमिरोले रोड्रिगोले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।त्यसअघि भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल गरेका थिए ।तर, असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड दिईएको थियो ।

जितसंगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ अन्तिम १६ मा प्रवेश गरेको छ ।ब्राजिल समूह (जी)को शीर्ष स्थानमा रहेको छ । ब्राजिलले यसअघि पहिलो खेलमा पराजित गरेको थियो।पराजित स्विट्जरल्यान्डको दुई खेलमा ३ अंक छ र दोस्रो स्थानमा छ ।