तोलामा ३०० ले घट्यो सुनको मूल्य

Nov 28th, 2022

काठमाडौं, १२ मङ्सिर

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९७ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९६ हजारमा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९७ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २८५ तोकिएको महासङ्घले जनाएको छ ।