• गृहपृष्ठ
  • ललितपुर ३ प्रदेश सभामा नेकपा एमाले विजयी

ललितपुर ३ प्रदेश सभामा नेकपा एमाले विजयी

Nov 25th, 2022

ललितपुर , मंसीर
ललितपुर क्षेत्र नं. ३ मा नेकपा एमालेका नेता द्वय रघुनाथ महर्जन र प्रेम भक्त महर्जन विजयी भएका छन् । प्रदेश सभा सदस्य ललितपुर क्षेत्र नं.३ . १ मा रघुनाथ महर्जनले ९ हजार ७ सय छैसठ्ठी मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका राजकाजी महर्जनले ९ हजार ८० मत प्राप्त गरे त्यस्तै राप्रपाका बिनोद कुमार खड्काले ७ हजार ८ सय ८५ मत प्राप्त गरे ।

विवेकशिल साझा पार्टीका समुन्द्र के. सी.ले १ हजार ६ सय ९२ मत प्राप्त गरेका छन । त्यस्तै ललितपुर ३ क्षेत्र नं. २ प्रदेश सभामा नेकपा एमालेका प्रेम भक्त महर्जनले ९ हजार ५८ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ३० मत प्राप्त गरे राप्रपाका सविन कुमार खड्काले ७ हजार ७ सय ४५ मत पाएका छन भने मजदूर किसान पार्टीका नरेश महर्जनले १ हजार ५ सय २ मत पाएका छन् । यस अघि ललितपुर क्षेत्र नं. १ .१ प्रदेश सभा सदस्यमा मधुसुदन पौडेल र ललितपुर क्षेत्र नंं. २.१ मा रामेश्वर श्रेष्ठ विजयी भै सकेका छन् ।