रिचार्लिसनको दुई गोलमा ब्राजिलको जित

Nov 25th, 2022

काठमाडौं, ९ मङ्सिर

कतार विश्वकप फुटबलमा ब्राजिलले जित निकालेको छ । बिहीबार राति भएको आफ्नो पहिलो खेलमा ब्राजिलले सर्बिया
लाई २-० गोलले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

पहिलो खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे।रिचार्लिसनले दुबै गोल दोस्रो हाफमा गरेका हुन ।

खेलको ६२ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।

जितसँगै समूह (जी) मा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । ब्राजिल समूह (जी)को शीर्ष स्थानमा रहेको छ ।पराजित सर्बियाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।