• गृहपृष्ठ
  • ‘म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि आउँछः’ रवि लामिछाने

‘म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि आउँछः’ रवि लामिछाने

Nov 24th, 2022

काठमाडौँ ८ मंसिर

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

जितपछि लामिछानेले फेसबुकमा एक स्ट्याटस लेख्दै आफु आजबाट जाँच दिन गएको र नतिजा भने ५ वर्ष पछि मात्र आउने बताएका छन् ।

यस्तै उनले राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन भनेका छन् । उनले यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो पनि भनेका छन् ।

यस्तो छ उनले लेखेको विज्ञप्तिः

राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०( गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा ूधन्यवाद सभाू गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा ूसमस्या पेटिकाू लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिकाू लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्रायस् सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।
म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।