तोलामा १००० ले बढ्यो सुनको मूल्य

Nov 24th, 2022

काठमाडौं, ८ मङ्गसिर

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९६ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले बढेर ९७ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले बढेर ९७ हजार ३०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९६ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार ३०५ तोकिएको महासङ्घले जनाएको छ ।