क्यानडामाथि बेल्जियमको जित

Nov 24th, 2022

काठमाडौं, ८ मङ्सिर

कतार विश्वकप फुटबलमा बेल्जियमले जित निकालेको छ । बुधबार राति भएको आफ्नो पहिलो खेलमा बेल्जियमले क्यानडालाई १-० गोलले पराजित गर्दै कतार विश्वकप फुटबलमा सुखद सुरुआत गरेको हो ।

पहिलो खेलमा बेल्जियमलाई जित दिलाउन मिची बत्शुवाईले निर्णायक गोल गरे।मिची बत्शुवाईले खेलको ४४ औं मिनेटमा टोबी एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।

जितसँगै समूह (एफ) मा रहेको बेल्जियमले आफ्नो पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । बेल्जियम समूह (एफ) को शीर्ष स्थानमा छ ।पराजित क्यानडाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ र पुछारमा छ ।