कोस्टारिकामाथि स्पेनको सात गोल

Nov 24th, 2022

काठमाडौं, ८ मङ्सिर

कतार विश्वकप फुटबलमा स्पेनले सानदार जित निकालेको छ । बुधबार राति भएको आफ्नो पहिलो खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

पहिलो खेलमा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे।त्यस्तै डानी ओल्मो,मार्को एसेन्सियो ,गाभि, कार्लोस सोलर र अल्भारो मोराटाले एक-एक गोल गरे ।

खेलको ११ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको २१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए ।खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अघि बढाए ।

दोस्रो हाफको ५४ औं मिनेटमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए । ७४ औं मिनेटमा गाभिले गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए ।

खेलको ९० औं मिनेटमा कार्लोस सोलरले गोल गर्दै टोलीलाई ६-० ले अघि बढाए । त्यसपछि इन्जुरी समयमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई ७-० को फराकिलो जित दिलाए ।

जितसँगै समूह (ई) मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । स्पेन समूह (ई) को शीर्ष स्थानमा रहेको छ ।पराजित कोस्टारिकाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ पुछारमा छ ।।