विश्वकप फुटबल :फ्रान्सको विजयी सुरुआत

Nov 23rd, 2022

काठमाडौं, ७ मङ्सिर

कतार विश्वकप फुटबलमा फ्रान्सले सानदार जित निकालेको छ । मंगलबार राति भएको आफ्नो पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

पहिलो खेलमा फ्रान्सलाई जित दिलाउन ओलिभर जेरौडले दुई गोल गरे।त्यस्तै एड्रियन राबिओट र केलियन एमबाप्पेले एक-एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल फर्काए।

खेलमा पहिलो अग्रता भने अष्ट्रेलियाले लिएको थियो। खेलको नवौं मिनेटमा अष्ट्रेलियाका क्रेग गुडविनले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको २७ औँ मिनेटमा फ्रान्सका एड्रियन राबिओटले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ३२ औं मिनेटमा ओलिभर जेरौडले गोल गर्दै फ्रान्सलाई २-१ ले अघि बढाए ।

दोस्रो हाफको ६८ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा ओलिभर जेरौडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै समूह (डी) मा रहेको फ्रान्सले आफ्नो पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । फ्रान्स समूह (डी)को शीर्ष स्थानमा रहेको छ ।पराजित अष्ट्रेलियाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।