तोलामा ३०० ले घट्यो सुनको मूल्य

Nov 22nd, 2022

काठमाडौं, ०६ मङ्सिर

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९७ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९७ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९६ हजार ७०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९७ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ ।