तोलामा १०० ले बढ्यो सुनको मूल्य

Nov 18th, 2022

काठमाडौं, २ मङ्गसिर

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९९ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९८ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९७ हजार ६०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९७ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ ।