सुनको मूल्य तोलाको ९८ हजार ४००

Nov 16th, 2022

काठमाडौं, ३० कार्तिक

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९८ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९७ हजार ९०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९७ हजार ७०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २९५ तोकिएको महासङ्घले जनाएको छ ।