​सुन तोलाको ९८ हजार २००

Nov 15th, 2022

काठमाडौं, २९ कार्तिक

आज ​पनि सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९७ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले बढेर ९८ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले बढेर ९७ हजार ७०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार ३२५ तोकिएको महासङ्घले जनाएको छ ।