तोलामा १३०० ले बढ्यो सुनको मूल्य

Nov 11th, 2022

काठमाडौं, २५ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९५ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १३०० ले बढेर ९६ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १३०० ले बढेर ९६ हजार २०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २९५ तोकिएको महासङ्घले जनाएको छ ।