• गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको फराकिलो जित

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको फराकिलो जित

Nov 10th, 2022

काठमाडौं, २४ कार्तिक

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टर मिलानले बोलोग्नालाई ६-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्कोले दुई गोल गरे भने एडिन जेको,लाउटारो मार्टिनेज,हाकन कल्हनोग्लु र रोबिन गोसेन्सले एक एक गोल गरे।बोलोग्नाका चारालाम्पोसले एक गोल फर्काए ।

जितसँगै इन्टर मिलानले १४ खेलबाट २७ अंक जोडेको छ र तालिकाको चौंथो स्थानमा छ ।पराजित बोलोग्नाको १४ खेलबाट १६ अंक छ र तालिकाको १३ औँ स्थानमा छ ।