तोलामा १४०० ले बढ्यो सुनको मूल्य

Nov 9th, 2022

काठमाडौं, २३ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९४ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १४०० ले बढेर ९५ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १४०० ले बढेर ९४ हजार ९०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार २९५ तोकिएको महासङ्घले जनाएको छ ।