• गृहपृष्ठ
  • शीर्ष स्थानको बार्सिलोनाको पाँच अंकको अग्रता

शीर्ष स्थानको बार्सिलोनाको पाँच अंकको अग्रता

Nov 9th, 2022

काठमाडौँ ,२३ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले ५ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै घरेलु मैदानमा २-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन पेड्री र राफिन्हाले एक-एक गोल गरे।ओसासुनाका डेभिड गार्सियाले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने ओसासुनाले लिएको थियो। खेलको छैटौं मिनेटमा ओसासुनाका डेभिड गार्सियाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्की र पहिलो हाफको इन्जुरी समयमा जेरार्ड पिकेले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना नौ खेलाडीमा सिमित बनेको थियो।तर, त्यस्को फाइदा ओसासुनाले उठाउन सकेन ।

दोस्रो हाफको ४८ औं मिनेटमा बार्सिलोनाका पेड्रीले गोल गर्दै खेल बराबरीमा फर्काए । त्यसपछि खेलको ८५ औं मिनेटमा बार्सिलोनाका राफिन्हालेले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ र शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।पराजित ओसासुनाको १४ खेलबाट २३ अंक छ छैटौं स्थानमा छ ।