बायर्नको जितमा जेनाब्रीको ह्याट्रिक

Nov 9th, 2022

काठमाडौँ ,२३ कार्तिक

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले वेर्डेर ब्रेमेनलाई ६-१ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन सेर्ज जेनाब्रीले ह्याट्रिक गरे भने जमाल मुसियाला,लियोन गोरेट्जका र म्याथिस टेलले एक-एक गोल गरे। वेर्डेर ब्रेमेनका एन्थोनी जंगले एक गोल गरे।सेर्ज जेनाब्रीले खेलको २२,२८ र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

जितसँगै बायर्नले १४ खेलबाट ३१ अंक जोडेको छ र शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।पराजि तवेर्डेर ब्रेमेनको १४ खेलबाट २१ अंक छ र सातौं स्थानमा छ ।