तोलामा ३०० ले घट्यो सुनको मूल्य

Nov 8th, 2022

काठमाडौं ,२२ कार्तिक

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९४ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९३ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार २६५ तोकेको छ ।