तोलामा २०० ले घट्यो सुनको मूल्य

Nov 7th, 2022

काठमाडौं ,२१ कार्तिक

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९४ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९४ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९३ हजार ८०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९४ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २६५ तोकिएको महासङ्घले जनाएको छ ।