• गृहपृष्ठ
  • चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

Nov 7th, 2022

काठमाडौं , २१ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

स्ट्यामफोर्ड ब्रिज स्टेडियममा आर्सनललाई जित दिलाउन गेब्रियल मागाल्हासले निर्णायक गोल गरे । गेब्रियल मागाल्हासले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।

जितसंगै आर्सनलले १३ खेलबाट ३४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित चेल्सीको १३ खेलबाट २१ अंक छ र तालिकाको सातौं स्थानमा छ ।