युनाईटेड एस्टन भिल्लासँग पराजित

Nov 7th, 2022

काठमाडौं , २१ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा एस्टन भिल्लाले युनाईटेडलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन लियोन बेली,लुकास डिग्ने र ज्याकब राम्सेले एक-एक गोल गरे ।

खेलको सातौं मिनेटमा एस्टन भिल्लाका लियोन बेलीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ११ औँ मिनेटमा एस्टन भिल्लाका लुकास डिग्नेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४५ औँ मिनेटमा एस्टन भिल्लाका ज्याकब राम्सेले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो।

त्यसपछि खेलको ४९ औं मिनेटमा एस्टन भिल्लाका ज्याकब राम्सेलेनै गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै एस्टन भिल्लाले १४ खेलबाट १५ अंक जोडेको छ र तालिकाको १३ औं स्थानमा छ ।पराजित युनाईटेडको १३ खेलबाट २३ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।