२८ जनामा कोरोना सङ्क्रमण

Nov 6th, 2022

काठमाडौं, २० कार्तिक

आइतबार थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा एक हजार ८७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दश लाख ७३४ पुगेको छ ।

हालसम्म ५९ लाख ६२ हजार ९७० जनाको पीसीआर परीक्षण गरिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ ।

थप १८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८८ हजार १४५ पुगेको छ ।