• गृहपृष्ठ
  • खेल जगत व्यावसायिकरण तिर लगिने : रामेश्वर श्रेष्ठ

खेल जगत व्यावसायिकरण तिर लगिने : रामेश्वर श्रेष्ठ

Nov 5th, 2022

ललितपुर ,१९ कार्तिक

ललितपुर जिल्ला खेलकूद युनियन र नेपाल खेलकूद महासंघ महालक्ष्मी नगर कमिटीले ललितपुर क्षेत्र नं. २ का उम्मेदवारहरुलाई निर्वाचित गराउनका लागि निलम बज्रचार्यको संयोजक सहने गरी १ सय एकाउन्न सदस्यीय खेलकूदकर्मी निर्वाचन परिचालन कमिटी बनाएको छ । त्यस्तै सह संयोजक प्रभुदास थापा मगर रहेका छन् ।

कार्यक्रममा ललितपुर क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर श्रेष्ठले आसन्न मंसीर ४ गतेको निर्वाचनलाई लक्षित गरी खेलकूलकर्मीसंग उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै अब खेलाडीले खेल खेल्ने मात्र नभई आफूले जानेको सीपलाई मध्यनजर गरी त्यही सिपलाई व्यावसायीकरण गर्नु पर्ने समय आएको बताउदै आसन्न मंसीर ४ गते नेकपा एमाले ललितपुर क्षेत्र नं २ (१) को प्रदेश सभा सदस्यको उम्मेदवारीबाट निर्र्वािचत भएमा खेलकूदलाई व्यावसायिक तिर लैजाने नीति नियम बनाइ खेललाई व्यावसायिकता तिर लैजाने जिकीर गरे ।

नेकपा एमाले ललितपुर जिल्ला सह इन्चार्ज तथा ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटी सह संयोजक हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथि नेकपा एमाले केन्द्रिय सदस्य बाबुराम थापा केन्द्रीय युवा तथा खेलकूद सचिव तथा केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्य मेगराज पौडेल, अन्य अतिथिहरुमा बागमती प्रदेश कमिटी सदस्य बाबुकाजी प्रधान, चिरिञ्जीवी आचार्य, जीवन खड्का, उम्मेदवारहरु प्रतिनिधि सभाका प्रेम बहादुर महर्जन, प्रदेश २ (२) ज्ञानेन्द्र शाक्य, समानुपातिकका सरोज डंगोल, अप्सरा चापागाईं, सुवर्ण केशरी श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा ललितपुर क्षेत्र २ (१) प्रदेश संयोजक देविका राई, बीना सुवेदी, के.सी., महालक्ष्मी नगरकमिटी उपाध्यक्ष बैकुण्ड बुढाथोकी, सचिव विनोद कंडेल, सदस्य बलराम वाग्ले, राष्ट्रिय युवा संघ बागमती प्रदेशका उपसचिव माधव श्रीमाली, राष्ट्रिय युवा संघ ललितपुरका कोषाध्यक्ष शुजित बस्नेत, राष्ट्रिय खेलकूद महासंघ सदस्य सूर्य भट्राई, खेलकूद महालक्ष्मी महासंघ नगर कमिटीका पूर्व अध्यक्ष विपिन कार्की, महालक्ष्मी नगर युवा संघ अध्यक्ष सम्राट जंग के.सी.लगायतका नेता तथा नेकपा एमाले पार्टी कार्यकर्ता वा खेल मेडलिस्टहरु सुनिल मानन्धर, शान्ता सापकोटा, रुपा महर्जन, राजन बस्नेत, राजन खड्का लगायतका खेलाडीहरुलाई खादा ओढाई सम्मान गरेका थिए । कार्यक्रमको संयोजक प्रकाश बानियाँ गरेका थिए ।