तोलामा १०० ले घट्यो सुनको मूल्य

Nov 4th, 2022

काठमाडौं ,१८ कार्तिक

आज ​सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९३ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले घटेर ९३ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले घटेर ९२ हजार ६०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजार ७०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।