तोलामा ४०० ले घट्यो सुनको मूल्य

Nov 3rd, 2022

काठमाडौं ,१७ कार्तिक

आज ​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९३ हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले घटेर ९३ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ४०० ले घटेर ९२ हजार ७०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९३ हजार १०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१५ तोकिएको महासङ्घले जनाएको छ ।