युभेन्ट्स पीएसजीसँग पराजित

Nov 3rd, 2022

काठमाडौं, १७ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा पीएसजीले युभेन्ट्सलाई २-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र नुनो मेन्डेसले एक-एक गोल गरे। युभेन्ट्सका लियोनार्दो बुनिचीले एक गोल गरे।

खेलको १३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३९ औँ मिनेटमा युभेन्ट्सका लियोनार्दो बुनिचीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, खेलको ६९ औं मिनेटमा पीएसजीका नुनो मेन्डेसले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले छ खेलबाट १४ अंक जोडेको छ ।पीएसजी समूह (एच) को समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।युभेन्ट्स समूह चरणबाट बाहिरिएको छ । युभेन्ट्सले छ खेलबाट ३ अंक जोड्यो ।