चेल्सी समूह विजेता बन्दै नकआउट चरणमा

Nov 3rd, 2022

काठमाडौं,१७ कार्तिक

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी चेल्सी समूह (ई) को समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले डायनामो जाग्रेबलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र डेनिस जकारियाले एक-एक गोल गरे। डायनामो जाग्रेबका ब्रुनो पेटकोविचले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने डायनामो जाग्रेबले लिएको थियो। खेलको सातौं मिनेटमा डायनामो जाग्रेबका ब्रुनो पेटकोविचले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको १८ औँ मिनेटमा चेल्सीका रहिम स्टर्लिङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको ३० औं मिनेटमा चेल्सीका डेनिस जकारियाले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै चेल्सी समूह (ई) को समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । चेल्सीले छ खेलबाट १३ अंक जोड्न सफल भयो।डायनामो जाग्रेबले छ खेलबाट ४ अंक जोडेर पुछारमा रह्यो ।