तोलामा ५०० ले बढ्यो सुनको मूल्य

Nov 2nd, 2022

काठमाडौं, १६ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९३ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले बढेर ९३ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले बढेर ९३ हजार १०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९२ हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।