तोलामा १०० ले बढ्यो सुनको मूल्य

Nov 1st, 2022

काठमाडौं, १५ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९३ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९३ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९२ हजार ६०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २१५ तोकिएको महासङ्घले जनाएको छ ।