तोलामा १५०० ले बढ्यो सुनको मूल्य

Oct 23rd, 2022

काठमाडौं, ६ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १५०० ले बढेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १५०० ले बढेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९२ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ ले बढेर रु एक हजार २१५ तोकिएको महासङ्घले जनाएको छ ।