तोलामा ६०० ले घट्यो सुनको मूल्य

Oct 21st, 2022

काठमाडौं ,४ कार्तिक

आज ​सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९३ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले घटेर ९२ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले घटेर ९२ हजारमा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार १७० तोकेको छ ।