• गृहपृष्ठ
  • भिल्ला रियलमाथि बार्सिलोनाको सहज जित ,लेवान्डोस्कीको दुई गोल

भिल्ला रियलमाथि बार्सिलोनाको सहज जित ,लेवान्डोस्कीको दुई गोल

Oct 21st, 2022

काठमाडौं,४ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल र अन्सु फातीले एक गोल गरे।

खेलको ३१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ३५ औं मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै बार्सिलोनाले १० खेलबाट २५ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल म्याड्रिडको मड्रिडको १० खेलबाट २८ अंक छ । पराजित भिल्ला रियलको १० खेलबाट १५ अंक छ र नवौं स्थानमा छ ।