तोलामा २०० ले घट्यो सुनको मूल्य

Oct 19th, 2022

काठमाडौं ,२ कार्तिक

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९३ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९३ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९२ हजार ७०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९२ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार १७५ तोकिएको महासङ्घले जनाएको छ ।