तोलामा १०० ले बढ्यो सुनको मूल्य

Oct 18th, 2022

काठमाडौं, १ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९३ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९३ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९२ हजार ९०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९२ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार १८० तोकिएको महासङ्घले जनाएको छ ।