पेलेग्रिनीको गोलमा रोमाको जित

Oct 18th, 2022

ललितपुर ,१ कार्तिक

इटालियन सिरी ए फुटबलमा रोमाले साम्पडोरियामाथि जित निकालेको छ । सोमबार राति भएको खेलमा रोमाले साम्पडोरियालाई १-० गोलले पराजित गरेको हो ।

रोमालाई जित दिलाउन लोरेन्जो पेलेग्रिनीले निर्णायक गोल गरे । पेलेग्रिनीले खेलको नवौं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्।

जितसँगै रोमाले १० खेलबाट २२ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ ।पराजित साम्पडोरियाको १० खेलबाट तीन अंक छ र तालिकाको पुछारमा छ ।