सिटी लिभरपुलसँग पराजित

Oct 17th, 2022

काठमाडौं, ३१ भदौं

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटी लाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोलले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे । सलाहले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै लिभरपुलले नौ खेलबाट १३ अंक जोडेको छ र तालिकाको आठौं स्थानमा छ ।पराजित सिटीको १० खेलबाट २३ अंक छ र तालिकाको दोस्रो स्थानमा छ ।