लिड्समाथि आर्सनलको जित

Oct 17th, 2022

काठमाडौं, ३१ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १-० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे।साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै आर्सनलले १० खेलबाट २७ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित लिड्सको नौ खेलबाट नौ अंक छ र तालिकाको १५ औं स्थानमा छ ।