तोलामा १००० ले घट्यो सुनको मूल्य

Oct 16th, 2022

काठमाडौं ,३० असोज

आज ​सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९४ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले घटेर ९३ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले घटेर ९२ हजार ६०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९३ हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार १६० तोकिएको महासङ्घले जनाएको छ ।