तोलामा २०० ले बढ्यो सुनको मूल्य

Oct 12th, 2022

काठमाडौं, २६ असोज

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९्४ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९४ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९३ हजार ७०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ ।महासङ्घले आजको लागि चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०० तोकेको छ ।