तोलामा ८०० ले घट्यो सुनको मूल्य

Oct 10th, 2022

काठमाडौं ,२४ असोज

आज ​सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९६ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले घटेर ९५ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले घटेर ९४ हजार ७०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९५ हजार ५०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २३० तोकिएको महासङ्घले जनाएको छ ।