२२ जनामा कोरोना सङ्क्रमण

Oct 9th, 2022

काठमाडौं, २३ असोज

आइतबार थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा एक हजार ७६१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ९९ हजार ८८६ पुगेको छ ।

हालसम्म ५९ लाख ४२ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ ।

थप २३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ८७ हजार २९८ पुगेको छ ।