तोलामा २०० ले बढ्यो सुनको मूल्य

Sep 30th, 2022

काठमाडौं, १४ असोज

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९२ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९३ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९२ हजार ५०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९२ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य रु एक हजार १७० तोकेको छ ।