• गृहपृष्ठ
  • डेंगु बाट एकै दिन ४ जनाको मृत्यु , हालसम्म २७ हजार ५६९ संक्रमित

डेंगु बाट एकै दिन ४ जनाको मृत्यु , हालसम्म २७ हजार ५६९ संक्रमित

Sep 28th, 2022

काठमाडौं १२ असोज

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुने क्रम बढ्न थालेको छ । डेंगुु बाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको भने साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट प्रभावित छन् ।

नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।