तोलामा २०० ले बढ्यो सुनको मूल्य

Sep 28th, 2022

काठमाडौं, १२ असोज

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९१ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९१ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९१ हजार १०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९० हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार १४५ तोकिएको महासङ्घले जनाएको छ ।